निर्वाचन कसैले विथोल्न सक्दैन,ढुक्क भएर तयारीमा लाग्नुुस् : कार्यवाहक आयुक्त भण्डारी

निर्वाचन कसैले विथोल्न सक्दैन,ढुक्क भएर तयारीमा लाग्नुुस् : कार्यवाहक आयुक्त भण्डारी

केन्द्रबिन्दु
39
Shares

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण हुने दाबी गरेका छन्। केन्द्रविन्दुसंगको विशेष कुराकानीमा उनले भने, “अब मतदाता, उम्मेदवार वा दललाई लिएर शान्ति सुरक्षाबारे टाउको दुखाउनुपर्ने अवस्था छैन। यहाँ कसैले पनि निर्वाचन बिथोल्न सक्दैन।”

भण्डारीले प्रारम्भमा सुरक्षा चुनौतीका विषयमा धेरै प्रश्न उठे पनि हाल सबै कुरा नियन्त्रित भएको बताए। “पुरानो र नयाँ शक्तिहरूबीच सन्तुलन कायम नगरे निर्वाचन सम्भव हुँदैनथ्यो, तर सुरक्षा निकायले सबै तयारी पूरा गरेको छ,” उनले भने।

निर्वाचन आयोगले सरकार र सुरक्षा निकायसँग निरन्तर छलफल गरेर मतदाता, उम्मेदवार र मतदान प्रक्रियाको सुरक्षा सुनिश्चित गरेको भण्डारीले बताए। उनका अनुसार बिथोल्न खोज्ने तत्त्वहरू सुरुमा नै परास्त भइसकेका छन्।

आयोग प्रमुखले निर्वाचन ढुक्कसँग, शान्तिपूर्ण र प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।

Logo