मधेसी आयोगद्वारा सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

मधेसी आयोगद्वारा सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर। मधेसी आयोगले आर्थिक वर्ष २०८१८२ मा सम्पन्न गरेका गतिविधि, पहल र उपलब्धि समेटिएको सातौँ वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष प्रस्तुत गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष जीवछ साहले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आव २०८१८२ को वार्षिक प्रतिवेदन पेस गरे।

प्रतिवेदनमा मधेसी समुदायको अधिकार संरक्षण, सामाजिक न्यायको प्रवद्र्धन, समावेशी विकास तथा नीतिनिर्माणका क्षेत्रमा आयोगले गरेका कामकारबाहीलाई विस्तृत रूपमा समेटिएको छ । कार्यक्रममा प्रदेश प्रमुख कर्णले मधेसी समुदायको हकहित सुनिश्चित गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले प्रतिवेदनमा समावेश गरिएका सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

प्रतिवेदनले मधेसी समुदायको समग्र विकास, अधिकार प्रवद्र्धन तथा राज्यका नीति र कार्यक्रमलाई थप प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास लिइएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जानकारी दिए । कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारी, मधेसी आयोगका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो ।

Skip This
Skip This
Logo