कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न पार्टी नेता कार्यकतालाई उपभापति शर्माको आग्रह

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न पार्टी नेता कार्यकतालाई उपभापति शर्माको आग्रह

केन्द्रबिन्दु
6
Shares

चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कुरा प्रष्ट रूपमा राख्न अरुलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गरेका हुन् ।

उपसभापति शर्माले भने, “हामीले कसैलाई गाली नगरौँ । आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागाैं । हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ ।”

उनले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने सङ्कल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिए । “पार्टीले फागुन २१ लक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको छ । अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिन स्पष्ट निर्देशन छ”, उपसभापति शर्माले भने,“अभियानका क्रममा आफ्नो वडामा सक्रिय भएर काम गरौँ । आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन । आफ्नै क्षेत्रमा पार्टी र देश बदल्न कांग्रेसले लिएको नीति घरघरमा पुर्याऔँ ।”

Logo