एमालेको चुनावी तयारीः घोषणा पत्रका लागि जनवर्गीय संगठनबाट सुझाव संकलन

एमालेको चुनावी तयारीः घोषणा पत्रका लागि जनवर्गीय संगठनबाट सुझाव संकलन

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घोषणा पत्र तयारीको प्रक्रिया अघि बढाएको छ । पार्टीले संगठनभित्रका विभिन्न तह र जनवर्गीय संगठनबाट सुझाव संकलन गरिरहेको जनाएको छ ।

एमालेका अनुसार कतिपय संगठनले प्रत्यक्ष रूपमा पार्टी कार्यालयमै आएर सुझाव दिएका छन् भने केहीले इमेलमार्फत आफ्ना धारणा पठाएका छन्। प्राप्त सुझावलाई समेट्दै घोषणा पत्रको खाका तयार गर्ने काम भइरहेको पार्टीको भनाइ छ।

पार्टीले संकलित सुझावका आधारमा घोषणा पत्रको अन्तिम मस्यौदा तयार गर्ने तयारी गरेको छ । घोषणापत्र फागुनको पहिलो साताभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।

घोषणा पत्र लेखनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्। एमालेले घोषणा पत्रलाई चुनावी रणनीतिको मुख्य आधार बनाउने जनाएको छ ।

Logo