पर्वत। पर्वतबाट प्रतिनिधि सभाका कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले पर्वतमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको आगमनले मतदाताहरुमा उत्साह थपेको बताएका छन्। नेकपा पर्वतले कुस्मामा आयोजना गरेको ‘ जनसंवाद’ कार्यक्रममा संयोजक दाहालले समग्र पर्वतको विकासका प्रति जनाएका प्रतिवद्धता पुरा गर्न आफूँ निरन्तर लागिपर्ने भन्दै पर्वतेली जनतालाई तारा चिन्हमा मतदान गर्न तिमिल्सिनाले आग्रह गरेका छन् । संयोजक दाहालप्रति आभार व्यक्त गर्दै जनताको विश्वासलाई कामबाट प्रमाणित गर्ने प्रतिबद्धता तिमिल्सिनाले जनाएका छन्।
‘यहाँहरूको साथ, सुझाव र विश्वासले हाम्रो अभियानलाई अझ सशक्त बनाएको छ। विकास, सुशासन र रोजगारी सिर्जना नै मेरो मुख्य एजेन्डा हो,’ तिमिल्सिनाले भने। तिमिल्सिनाले आँफूले कसैकाप्रति आग्रह पुर्वाग्रह नराखी समग्र पर्वतको विकासका लागि उम्मेदवारी दिएको भन्दै समभाव,सहकार्य र एकताबाट नै जिल्लाको विकासले फड्को मार्नेमा जोड दिएका छन् ।
उनले केन्द्रविन्दुलाई भने “घरदैलो अभियानले मलाई अपार ऊर्जा र गहिरो प्रेरणा प्रदान गरेको छ। जनताको आत्मीयता, भरोसा र स्नेहले मन छोएको छ। यस अभियानमा सक्रियतापूर्वक सहभागी हुनुहुने आदरणीय नेता साथीहरू र प्रिय कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। जनस्तरबाट प्राप्त हरेक सुझाव, सद्भाव र हौसलाले मेरो जिम्मेवारीबोध अझ बलियो बनेको छ। फेरि पनि भन्छु ,विनम्रता मेरो कमजोरी होइन, मेरो शक्ति हो। यही शक्तिलाई आधार बनाएर म अझ दृढताका साथ अगाडि बढ्नेछु।”





























प्रतिक्रिया