काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको उलेख्य भिडभाड भएको छ ।
उनलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापा,मेडिकल व्यावसायी दुर्गा प्रसाईं, लगायतका समर्थकहरू विमानस्थलमा राष्ट्रिय झण्डा लिएर भेला भएका हुन् । प्रशासनले विमानस्थलमा निषेधाज्ञा जारी गरेको भएपनि समर्थकहरुको भिडका कारण विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।





























प्रतिक्रिया