कास्की १को मुहार फेर्ने ठूलो सपना छ : राजकाजी गुरुङ

कास्की १को मुहार फेर्ने ठूलो सपना छ : राजकाजी गुरुङ

केन्द्रबिन्दु
57
Shares

पोखरा। कास्की १ का प्रत्यक्ष उम्मेदवार राजकाजी गुरुङले महान जनयुद्धको दिवसका दिन निर्वाचन अभियानसँग जोड्दै जनताको जीवन सुधार र जिल्लाको विकासमा कायापलट ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मिलीजुली बिजयपुर तमु समाज, पोखरा–१३ द्वारा आयोजित कार्यक्रमलाई संवोधन गर्दै गुरुङले प्रथम शहीद दिल व रम्तेल, सम्पूर्ण शहीद र वेपत्ता योद्धाप्रति श्रद्धाञ्जली अर्पण संगै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे।

सहिदको कसम खाएर चुनावमा होमिएको भन्दै गुरुङले भौतिक पुर्वाधार विकास,शिक्षा,स्वास्थ्य,रोजगार,कृषि, पर्यटन र हाइड्रोमार्फत कास्की १ मा समृद्धि र विकास ल्याउने ठूलो सपना रहेको जिकिर गरे।

गुरुङले यहाँका जनताको सुख दुखमा सदैव संगै रहेर जनताकै सेवाका आँफूलाई समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा स्थानियले उनलाई भव्य स्वागत गरेका थिए ।

Skip This
Skip This
Logo