काठमाडाैं । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा नं. ५ का लागि विकास र समृद्धिको वृहत् खाका प्रस्तुत गरेका छन् । “केपी शर्मा ओलीलाई नै भोट किन?” भन्ने प्रश्नको उत्तर दिँदै एमालेले यस क्षेत्रको विकास, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालहरूलाई मुख्य चुनावी एजेन्डा बनाएको हाे ।
अध्यक्ष ओलीको यस पटकको मुख्य जोड राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा रहेको छ। विदेशी हस्तक्षेप अन्त्य गर्दै जनताका खोसिएका अधिकार पुनर्वहाली गर्ने र नेपालीको खस्किएको मनोबल उच्च बनाउने प्रतिबद्धता एमालेले जनाएको छ। “मुलुकमा व्याप्त त्रासको वातावरण अन्त्य गरी शान्ति सुरक्षाको ग्यारेन्टी र भ्रष्टाचारमुक्त प्रशासन हाम्रो प्राथमिकता हो,” एमालेको निर्वाचन प्रचार टोलीले उल्लेख गरेको छ।
दमक, गौरादह र गौरीगञ्जलाई आधुनिक ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने, दमकको बिजिनेस टावर (भ्यू टावर) लाई पूर्ण रूपमा सुसञ्चालन गरी व्यापार र पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। साथै, युवाहरूका लागि प्राविधिक शिक्षा, सीपमूलक तालिम र स्वरोजगारका अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
-राष्ट्रिय स्वाधीनताको रक्षा गरी लोकतन्त्रको सुदृढीकरण गर्न ।
-विदेशी नाङ्गो हस्तक्षेप अन्त्य गर्न ।
-जनताका खोसिएका अधिकार पुनर्वहाली गर्न ।
-हाल नेपालीको खस्किएको मनोबल बढाउन ।
-देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्न ।
-भ्रष्टाचार र कुशासनको अन्त्य गर्न ।
-मुलुकैभरि र यस झापा क्षेत्र नं. ५ मा सुरु भै हाल रोकिएका र अधुरा रहेका विकास निर्माणका कामहरू पूरा गर्न ।
-देशमा रोजगारीको अभिवृद्धि गरी युवालाई रोजगार बनाउन ।
-नवयुवालाई प्राविधिक शिक्षाको अवसर दिलाउन र युवामा सीपमूलक विकास गर्दै -स्वरोजगार अभिवृद्धि गर्न । सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन ।
-कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन ।
-उद्योगधन्दाको विकास गरी रोजगारी र उत्पादन वृद्धि गर्न ।
-निर्माणधीन पूर्व पश्चिम एसियन हाईवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग, हुलाकी सडक निर्माण सम्पन्न गर्न । दमक रबि-चिसापानी सडक निर्माण सम्पन्न गरी यस क्षेत्रका जनताको जीवनस्तर उकास्न ।
-नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ।
-विस्थापित सडक बालबालिकाहरूलाई पुनर्स्थापना गर्न ।
-दमकको बिजिनेस टावरलाई सुसञ्चालन गरी यस क्षेत्रको व्यापार र पर्यटन प्रवर्धन गर्न ।
-यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन ।
-यस निर्वाचन क्षेत्रका किसानलाई प्रोत्साहन गरी कृषिउपज बढाएर बजारीकरण गर्न ।
दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटिको रूपमा विकास गर्न ।
-यहाँका सबै बजारहरूलाई व्यवस्थित गरी उचित व्यावसायिक वातावरण बनाउन ।
रतुवा, मावा, कमल लगायतका खोलाको तटबन्ध कार्य पूरा गर्न ।
जनतालाई दिईंदै आएको स्वास्थ्य बिमा सेवा घटाइएकोमा पुनः बढाउन र अझै व्यवस्थित गर्न ।
-दमक अस्पतालको स्तरवृद्धि गरी प्रदेश अस्पताल बनाएर जनतालाई स्वास्थ्य सेवा सहज बनाउन ।
-कमल, गौरादह,गौरीगञ्ज सबै स्थानीय तहका अस्पताललाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने बनाउन । दमकको आम्दा अस्पताललाई अझ बढी विशेषज्ञ सेवा उपलब्ध गराउने गरी सुविधासम्पन्न बनाउन सहयोग गर्न । यस क्षेत्रका सबै सामुदायिक क्याम्पसहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउन ।
-सबै सामुदायिक विद्यालयका जीर्ण भवनहरू हटाएर बालमैत्री भवन निर्माण गर्न ।
-सामुदायिक र संस्थागत विद्यालयबिच समन्वयको वातावरण बनाई बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न । विषयगत शिक्षक दरबन्दीको व्यवस्था गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न ।
-प्रादेशिक आयुर्वेद अस्पतालमा दरबन्दी थप गरी १०० शैय्याको सुविधा सम्पन्न अस्पतालको रुपमा स्तरवृद्धि गर्न । साधुहोलीलाई थप व्यवस्थित गर्दै नमूना पर्यटकीय सिमसारको रुपमा स्थापित गर्न ।
-कमल नगर अस्पताललाई स्तरोन्नती गर्दै २५ शैय्याको अस्पताल बनाई कमलका जनतालाई स्वास्थ्य सेवा सहज बनाउन । रतुवामाई वृक्षारोपण आयोजना अन्तर्गतको वन क्षेत्रमा आम्दानीमुलक फलफूलको विरुवा लगाई यो क्षेत्रलाई फलफूलमा
आत्मनिर्भर बनाउन ।
-आदिवासी रङ्गशालालाई आधुनिक स्तरको रङ्गशालाको रुपमा निर्माण कार्य सम्पन्न गर्न।






























प्रतिक्रिया