पर्वतमा पदम गिरीको प्रतिवद्धता- मतदाताको शिर झुक्नेगरी काम गर्दिनँ

पर्वतमा पदम गिरीको प्रतिवद्धता- मतदाताको शिर झुक्नेगरी काम गर्दिनँ

केन्द्रबिन्दु
12
Shares

पर्वत । नेकपा(एमाले) पर्वतका प्रतिनिधि सभा सदस्य उम्मेदवार पदम गिरीले चुनावी अभियानलाई तिब्रता दिएका छन् । उनले गाउँ-गाउँमा पुगेर अबको पाँच वर्षभित्र न्यूनतम पूर्वाधार निर्माण गरिसक्ने प्रतिवद्धता पनि जनाएका छन् ।

समर्थक एवम मतदाताहरुसँगको भेटमा उनले अबको पाँच बर्षभित्र स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्ने, आधारभूत आवश्यक्ता पूरा गर्ने, युवाहरुलाई उत्पादनसँग जोड्न सोही अनुसारको नीति निर्माण गर्न आफू संघीय संसद प्रवेश गर्न चाहेको जनाए ।

पूर्वमन्त्री समेत रहेका गिरीले विगत आठ बर्षमा जिल्लाको शिर झुक्नेगरी काम नगरेको पनि बताए । कोभिड संक्रमणका क्रममा आफूले अक्सिजन सिलिन्डर नै बोकेर विरामीको घरमा पुगेको, जिल्लामा ५० वेडको अस्पताल निर्माणमा अग्रणी भूमिका निर्वाह गरेको, विकास निर्माणमा समन्वयकारी भूमिका निर्वाह गरिरहेकाले आफूले मतदाताको विश्वास जित्ने दाबी पनि गरे ।

यसअघि विजयी भएर पठाइसकेपछि सँधै मतदाता र जिल्लाको विकासमा केन्द्रीत भएको पनि बताए । गिरी विद्यार्थी राजनीतिबाट उठेका र छोटो समयमै संसदीय राजनीतिमा प्रभाव जमाएका नेतामा पर्छन् । उनी २०६२ मा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बनेपछि पार्टीको सक्रिय राजनीतिमा आएका थिए ।

२०७४ र २०७९ को निर्वाचनमा गिरीले कांग्रेसका अर्जुन प्रसाद जोशीलाई पराजित गरेका थिए । यसभन्दा अगाडी गिरीले राष्ट्रिय सरकारमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री (२०७९) र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री (२०८०) मा मन्त्री बनिसकेका छन् ।

तीन पटक सांसद बनेका नेपाली काँग्रेसका जोशी र गिरीबीच फागुन २१ मा तेस्रो पटक प्रत्यक्ष भिडन्त हुन लागेको हो । एक लाख २५ हजार ४६६ मतदाता रहेको पर्वतमा नेकपाबाट मनहरि शर्मा (पाँचकुने तारा) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसाल (घण्टी) बलिया दाबेदारका रुपमा मैदानमा छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गा बहादुर मल्ल (हलो) उम्मेदवार छन् भने वाम धारको नेकपा (माओवादी)बाट कृष्ण बहादुर विक (गोलो घेराभित्र दुई पात भएको गुलाव) चुनावी दौडमा छन् ।

Skip This
Skip This
Logo