७ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक भनिएको बाम बैठक जारी रहेको छ । एमाले र माओवादी नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक दिउसो हुने भनिएपनि बेलुका ८ बजेपछि मात्र सुरु भएको थियो । "/>

बालुवाटारमा निर्णायक भनिएको बाम बैठक जारी

बालुवाटारमा निर्णायक भनिएको बाम बैठक जारी

केन्द्रबिन्दु
0
Shares

७ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक भनिएको बाम बैठक जारी रहेको छ । एमाले र माओवादी नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक दिउसो हुने भनिएपनि बेलुका ८ बजेपछि मात्र सुरु भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा रहेका केन्द्रबिन्दु संवाददाता पंकज धामी र क्यामेरा पर्सन दिपेन्द्र रायमाझीका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, एमाले उपाध्यक्ष उपाध्यक्ष वामदेव गौतम, माओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’लगायतका नेता बैठकमा सहभागी छन् ।

ओली र प्रचण्डवीच पटक–पटक भएको ‘वान टु वान’ बैठकलाई यस बैठकले अनुमोदन गर्ने नेताहरुले जनाएका छन् । बैठक सुरु हुनुअघि नेताहरुले तारे होटल सोल्टीवाट ल्याएको खाना खाएका थिए ।

Logo