पर्वतको भाग्य बदल्ने जिम्मा मतदाताको हातमा छ : तिमिल्सिना

पर्वतको भाग्य बदल्ने जिम्मा मतदाताको हातमा छ : तिमिल्सिना

केन्द्रबिन्दु
21
Shares

पर्वत। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्वतका उम्मेदवार मनहरी तिमिल्सिनाले लोकतन्त्रमा आस्थाको सम्मान र विचार फरक हुन सक्ने भए पनि विकासको साझा लक्ष्यमा एकजुट हुनुपर्ने बताएका छन् । जलजला गाउँपालिकामा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमका बोल्दै तिमिल्सिनाले जिल्लाको समग्र विकासका लागि योग्य र सक्षम नेतृत्वले जित्नुपर्ने भन्दै मतदाताहरुलाई सोचविचार गरेर मतदान गर्न आग्रह गरे ।

उनले भने,“तपाईं जुनसुकै दलमा विश्वास गर्नुहुन्छ-म सबैप्रति समान सम्मान व्यक्त गर्दछु।”
भनिन्छ– ’कि तपाई असल मान्छे राजनीतिमा आउन तयार हुनुस्, कि खराब मानिसबाट शासित हुन तयार हुनुस्।’ उनले प्रत्यक्ष संवादमार्फत स्थानीय आवश्यकताबारे योजनाबद्ध प्रस्ताव राख्ने प्रतिबद्धता समेत जाहेर गरे । उनले पर्वतको भाग्य बदल्ने जिम्मा र समय मतदाताको हातमा रहेको भन्दै सोचविचार गरेर योग्य उम्मेदवारलाई मात्र अमुल्य मतदान गर्न आग्रह गरे ।

तिमिल्सिनाले आफ्नो चुनावी घोषणामा जलस्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सडक निर्माण, कृषि विकास र विज्ञाननप्रविधि र नवपर्वद्धनमा रोजगारी सिर्जना लगायतका विषय समेटेर अगाडि बढिरहेका छन् ।

जनभेटघाट अभियानले स्थानीय मतदातामा उत्साह सिर्जना गरेको नेकपा पर्वतले जनाएको छ ।

Skip This
Skip This
Logo