बागलुङ निर्वाचनः वलावती शर्मा र ज्ञामनाथ गैरेको सक्रिय अभियान

बागलुङ निर्वाचनः वलावती शर्मा र ज्ञामनाथ गैरेको सक्रिय अभियान

समाजवादको दिशामा अगाडि बढ्न नेकपा लाई विजयी गराउनुको विकल्प छैन: शर्मा

केन्द्रबिन्दु
54
Shares

बागलुङ। नेपाली कम्युनिस्ट पार्टी का समानुपातिक उम्मेदवार वलावती शर्मा र प्रत्यक्ष उम्मेदवार ज्ञामनाथ गैरे बागलुङमा सक्रिय चुनावी अभियान सञ्चालन गर्दै छन्। नेपाली कम्युनिस्ट पार्टीका नेतृ तथा बाग्लुङबाट समानुपातिक उम्मेदवार वलावती शर्माले समाजवादको दिशामा अगाडि बढ्न नेकपा लाई विजयी गराउनुको विकल्प नभएको बताएकी छन् ।बागलुङ क्षेत्र नम्बर २ ग्वलीचौर ५ फेदि डांगाटोलमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले आफ्नो चुनावी एजेन्डा र पार्टीको नीतिबारे मतदातालाई जानकारी दिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले माक्र्सवाद, लेनिनवाद र माओवादका सिद्धान्तलाई आधार मानेर समाजवादको दिशामा अघि बढ्ने योजना रहेको बताइन्। उनले महिला सशक्तिकरण, सामाजिक न्याय र उत्पीडित वर्ग तथा समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा पनि जोड दिइन्। नेकपाको साझा बाम उम्मेदवार लाई अत्याधिक मतका साथ विजयी गराउन आग्रह गर्दै शर्माले प्रत्यक्षमा ज्ञामनाथ गैरे अनिललाई र समानुपातिकका लागि आँफूलाई तारा चीन्हमा मतदान गरी बिजयी गराऊन अपिल गरिन् ।

शर्माले बागलुङ क्षेत्रको स्थानीय विकास, पूर्वाधार सुधार, शिक्षा र कृषि क्षेत्रमा विशेष ध्यान दिने पनि बताइन्। उनले पार्टीको समानुपातिक सूचीको पहिलो नम्बरमा रहेर संसद प्रतिनिधित्व पक्का हुने भएकाले पार्टीको समग्र रणनीतिमा आफ्नो भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन्।

उनले पार्टीका अन्य नेताहरू, स्थानीय कार्यकर्ता र जनताको सहयोगमा चुनावी अभियानलाई तीव्र बनाउने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने योजना पनि सार्वजनिक गरिन्। उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा पनि सक्रिय रहँदै महिला अधिकार र राजनीतिक चेतना अभिवृद्धिमा योगदान दिँदै आइरहेकी छन्।

नेकपा पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारको पहिलो नम्वरमा रहेकी नेतृ वलावती शर्मा बागलुङका दुवै निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सक्रिय छिन्। उनी प्रत्यक्ष उम्मेदवारसँगै घरदैलो गर्दै मतदातासँग भेटघाट गरिरहेकी छन् र पार्टीको एजेन्डा, स्थानीय विकास र महिला सशक्तिकरणका मुद्दामा जानकारी दिँदै मत मागिरहेकी छन्।

वलावती शर्मा खस–आर्य महिला समूहको समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा संसदमा प्रतिनिधित्व पक्का हुने सम्भावना छ ।

उनी नेकपाकी केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य हुन्। उनको राजनीतिक यात्रा लामो समयदेखि माओवादी जनयुद्ध,आन्दोलनसँग जोडिएको छ। वलावती शर्मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा सक्रिय रहँदै महिला सशक्तिकरणमा योगदान दिँदै आइरहेकी छन्। उनी पूर्व शिक्षा मन्त्री तथा नेता देवेन्द्र पौडेलकी धर्मपत्नी पनि हुन्।

यस्तै प्रत्यक्ष तर्फका उम्मेदवार ज्ञामनाथ गैरेले आफ्नो चुनावी अभियान र स्थानीय विकास योजनाबारे विस्तृत सम्बोधन गरे। उनले मतदातासँग विश्वास र सहकार्यको लागि आह्वान गर्दै आगामी निर्वाचनमा जनता सँग प्रत्यक्ष संवाद र सहमतिका आधारमा काम गर्ने प्रतिबद्धता जनाए।

गैरेले बागलुङ क्षेत्रको प्राथमिक आवश्यकता अनुसार स्थानीय पूर्वाधार सुधारमा जोड दिनुपर्ने उल्लेख गर्दै सडक, पुल, खानेपानी र विद्युत् पहुँच विस्तारमा तीव्र पहल गर्ने योजना सार्वजनिक गरे। उनले कृषकहरूको जीवनस्तर सुधार र आधुनिक कृषि प्रविधि उपलब्ध गराउने पहललाई आफ्नो प्राथमिकता बनाएको बताए।

शिक्षा क्षेत्रमा उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षक प्रशिक्षण, शैक्षिक सामग्री र पूर्वाधार सुधारमा लगानी बढाउने योजना प्रस्तुत गरे। साथै स्वास्थ्य क्षेत्रमा गाउँ–टोलसम्म पहुँच सुनिश्चित गर्न प्राथमिक स्वास्थ्य केन्द्र र मोबाइल स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

गैरेले गठबन्धनको रणनीति र पार्टीको चुनावी एजेन्डासँग समन्वय गर्दै क्षेत्रीय जनताको पक्षमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले भने, “हामी जनताको आवश्यकता, आकांक्षा र समस्यालाई केन्द्रमा राखेर काम गर्ने छौँ। घरदैलो, भेटघाट र प्रत्यक्ष संवादमार्फत मतदातासँग सहकार्य बढाउने हाम्रो अभियानको मूल आधार हो।”

उनले क्षेत्रका युवा, महिला र वयोवृद्ध सबै वर्गको सहभागीता सुनिश्चित गर्दै समावेशी विकासमा जोड दिने बताए । मतदातालाई आगामी निर्वाचनमा मतदानका लागि सक्रिय रहन र जनताको हितमा निर्णय लिनका लागि सचेत हुन आग्रह गरे।

बागलुङमा कांग्रेस, एमाले र नेकपा गठबन्धनविच निर्वाचनको प्रतिस्पर्धा कडा छ । नेकपा र राजमोको गठबन्धन र तालमेलले चुनावी समीकरण रोचक बनाएको छ ।

Skip This
Skip This
Logo