एमालेको झण्डा जलाएको घटनामा निर्वाचन आयोगले रास्वपालाई सोध्यो स्पष्टीकरण

एमालेको झण्डा जलाएको घटनामा निर्वाचन आयोगले रास्वपालाई सोध्यो स्पष्टीकरण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । निर्वाचन आयोगले दाङमा नेकपा एमालेको झण्डा जलाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्टीकरण सोधेको छ ।

शुक्रबार साँझ सभापति रवि लामिछाने सहभागी भएको तुलसीपुरको र्यालीमा रास्वपाका कार्यकर्ताहरूले एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले दाङका जिल्ला पार्टी सभापतिका नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो ।

पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

घटना अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको पनि खोजी जारी रहेको बताइएको छ ।

Logo