धादिङमा भएको बस दुर्घटनाप्रति नेकपा संयोजक प्रचण्डद्धारा गहिरो दुःख व्यक्त

धादिङमा भएको बस दुर्घटनाप्रति नेकपा संयोजक प्रचण्डद्धारा गहिरो दुःख व्यक्त

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा भएको बस दुर्घटना प्रति गहिरो दुखः व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली दिँदै शोकमा परेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।उनले लेखेका छन् , “पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद खबरले म अत्यन्त मर्माहत भएको छु। दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र उद्धार र प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग जोडदार आग्रह गर्दछु। साथै, राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग पु-याउन पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन गर्दछु।”

Logo