नेपाल–चीन सीमाक्षेत्र किमाथांका पुगे प्रधानमन्त्री, आजै काठमाडौं फर्कने

नेपाल–चीन सीमाक्षेत्र किमाथांका पुगे प्रधानमन्त्री, आजै काठमाडौं फर्कने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाभित्र चर्किएको विवाद यथावत रहेकैबीच प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल–चीन सीमा क्षेत्र किमाथांका गएका छन् ।

संखुवासभास्थित किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी) को निरीक्षण गर्न उनी आज त्यसतर्फ गएका हुन् ।

संखुवासभा पुगेका उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गरेका छन् ।

यसक्रममा ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पनि अनुगमन गर्ने कार्यक्रम छ । यस बाहेक अरू कुनै विशेष कार्यक्रम नभएको बताइएको छ ।

०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले अरुण तेस्रो आयोजनाको संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

प्रधानमन्त्री ओली कार्यक्रम सकेर आजै दिउसो साढे ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Logo