जनयुद्धमा ‘तारा’ गुमाएको लिमिठानामा ताराको ‘नारा’ लिएर पुगे तिमिल्सिना

जनयुद्धमा ‘तारा’ गुमाएको लिमिठानामा ताराको ‘नारा’ लिएर पुगे तिमिल्सिना

केन्द्रबिन्दु
156
Shares

पर्वत। तत्कालिन नेकपा माओबादीले गरेको महान जनयुद्धमा वलिदानी दिने वडामा फलेवास ७ लिमिठाना पनि पर्छ। माओवादीले लालकिल्ला घोषित लिमिठानाले जनयुद्धमा होमिएका सोम बहादुर परियार ‘तारा’ लाई गुमाएको थियो। अहिले युद्धमा संगै हिनेका उनैका सहयात्री मनहरि तिमिल्सिना तारा चुनाव चिन्ह लिएर पुगेका छन्।

वडा कमिटी लिमिठानाले आयोजना गरेको चुनावी कार्यक्रममा उम्मेदवार मनहरि तिमिल्सिनाले सहिदहरुले देखेका सपना पुरा गर्न आँफू उम्मेदवार बनेको बताए । सहिदहरुकै त्याग र वलिदानबाट देशमा आमुल परिवर्तन भएको भन्दै उनले महान सहिद सोम बहादुर परियार तारा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे।

तिमिल्सिनाले भने, “सहिद तारा मेरा सहयात्री हुनुहुन्थ्यो,युद्धमा धेरै ठाउँ हामी संगै थियौँ,तर उहाँ राज्यबाट मारिनुभयो। देश परिवर्तनका लागि उहाँको बलिदान ठूलो छ,अझै उहाँले हामीले देखेका सपना पुरा गर्न सकिरहेका छैनौँ,तिनै अधुरा सपना पुरा गर्नका लागि चुनावमा होमिएको हुँ।”

देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेकोमा दुख व्यक्त गर्दै तिमिल्सिनाले अवको लडाईँ अवस्था परिवर्तनको भएको बताए । तारा चिन्हमा मतदान गरेर सहिद ताराको अधुरो सपना पुरा गर्ने संकल्पमा साथ दिन आग्रह गर्दै तिमिल्सनाले एक भोटले मात्र पनि सहिदप्रति सच्चा सम्मान हुने जिकिर गरे । सहिदहरुकै कसम खाएर आँफू निर्वाचनमा होमिएको भन्दै तिमिल्सिनाले पर्वतको समग्र विकासका निम्ति र यहाँका जनताको सुखदुखमा सदैव संगै रहने बताए।

देश परिवर्तनका लागि योगदान दिएको यो भूमिमा सहिद ताराको शालिक निर्माण गर्ने कुरा पहिलेदेखिनै भएपनि केही प्राविधिक कारणले हुन नसकेको र अब छिट्टै निर्माण हुने समेत तिमिल्सिनाले बताए। यहाँका स्थानिय समस्याहरु नजिकबाट नियालेको भन्दै उनले सातमुले कुलो मर्मत सम्भार,बस्तिका भित्री बाटाहरुको स्तरोन्नति,गोरेटो बाटाहरुको विस्तार,खानेपानीका मुलहरुको संरक्षण तथा सिँचाई विस्तार,विधालय र स्वास्थ्य चौकीमा दरवन्दी थप,गुणस्तरिय सेवाका लागि पहल, विशेष ठाउँ खोजेर स्तरिय खेलकुद मैदान निर्माण, धार्मिक तथा एतिहासिक महत्व बोकेका नारायणथान,सातमुले बराह,चाउका देविथान ,डानसिङ भैरव मन्दिर,तारकेचाउका देविथान लगायतको प्रचारप्रसार गर्दै पर्यटन संग गाउँलाई जोड्ने कुरामा विशेष पहल गर्ने बताए।

यहाँको लमायदेखि लिमिठाना,ठानामौला,फलामखानी हुदै घण्टे देउराली जोड्ने मुख्य सडकलाई सहिद मार्गको रुपमा स्तरोन्नती गर्ने कुरामा विशेष पहल सँगै ठानामौलाको उपल्लो भेगबाट लुङ्खु देउराली संग सडक जोड्ने कुरा आफ्नो पहिलो योजनामा रहेको बताए । यस्तै युवाहरुलाई गाउँमै स्वरोजगारमुलक बनाउन साना तथा मझौला उद्दोगलाई प्राथामिकता दिँदै कृषिमा आधुनिकिकरण गर्ने कुरामा जोड दिए । बाँदर आतंक मुख्य समस्या भएको नजिक बाट देखेको भन्दै उनले नियन्त्रणका लागि विशेष पहल गर्ने उल्लेख गरे ।

लिमिठाना र ठानामौला लाई सुन्तला र लप्सिको पकट क्षेत्रका रुपमा विकास गर्ने र फलफूल तथा नगदेवाली संगै पशुपालनमा किसानहरुलाई प्रत्सोहान गर्न सदैव लाग्ने तिमिल्सिनाले बताए। गाउँविकासमा रिटर्नीहरुको विषेश भुमिका हुने भन्दै उनले त्यसका लागि लागि समुह बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । आँफू ठूला ठूला गफ र भाषण गर्नका लागि उम्मेदवारी नदिएको भन्दै उनले जनजीविकाका सवाल र सर्वाहाराका मुद्धा संगै पर्वत विकासको समावेशी योजना लिएर अगाडि बढेको जिकिर गरे ।

तिमिल्सिनाले पाङराङ र कुर्घाका अग्रज एवं सम्मानित जनसमुदायसँग आत्मीय र अर्थपूर्ण संवाद र भेटघाट गरेका छन् ।
कार्यक्रममा स्थानीयवासीले राखेका विचार, सुझाव र चासोलाई उनले ध्यानपूर्वक सुनेका थिए । स्थानियले गाउँठाउँको विकास, युवा अवसर, पूर्वाधार, शिक्षा तथा राष्ट्रिय सरोकारका विषयमा धारणा व्यक्त गरेका थिए।

तिमिल्सिनाले स्थानीयको सक्रिय सहभागिताले आफूलाई थप जिम्मेवार र प्रतिबद्ध बनाएको बताएका छन् । लोकतन्त्रमा नागरिकको प्रश्न, सुझाव र खबरदारी महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै उनले जनताको विश्वासलाई काममार्फत उत्तर दिने प्रतिबद्धता जनाए ।

‘मिसन पाङराङ’ समूहका युवासँगको अन्तरक्रियामा तिमिल्सिनालाई युवाहरूले जन्मभूमिको विकास, रोजगारी, सुशासन र दीर्घकालीन योजना सम्बन्धी विषय उठाएका थिए। तिमिल्सिनाले युवाको आलोचनात्मक र सिर्जनात्मक सोच लोकतन्त्रको सशक्त आधार भएको बताए । यस्तै कुर्घामा भएको अन्र्तसंवादमा युवाहरुले तिमिल्सिनालाई पर्वतले बल्ल खोजेजस्तो वौद्धिक,शालिन र विकासप्रेमी व्याक्ति पाएको भन्दै स्वागत गरेका थिए।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले अर्थपूर्ण र परिणाममुखी संवादका रूपमा लिएका छन्।

Skip This
Skip This
Logo