धादिङ -१ मा स्वतन्त्र उम्मेदवार निरञ्जन संजेलले राजेन्द्र पाण्डेलाई समर्थन गर्ने

धादिङ -१ मा स्वतन्त्र उम्मेदवार निरञ्जन संजेलले राजेन्द्र पाण्डेलाई समर्थन गर्ने

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका निरञ्जन संजेलले नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

बुधबार धुनीबेशी नगरपालिका–१, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभामा आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्दै संजेलले पाण्डेलाई समर्थन गर्ने बताएका हुन् । कार्यक्रममा पाण्डे र संजेलबिच आपसी सहमति पत्रमा हस्ताक्षरसमेत भएको जनाइएको छ ।

संजेलको समर्थनसँगै धादिङ -१ मा पाण्डेको पक्षमा चुनावी माहोल थप बलियो बनेको छ ।

Logo