बन्द सफल बनाउन भन्दै प्रचण्ड सडकमा

बन्द सफल बनाउन भन्दै प्रचण्ड सडकमा

केन्द्रबिन्दु
27
Shares

नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सडकमा निस्केका छन् ।

ललितपुरको सातदोबाटोमा आमहड्तालको आह्वान गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका हुन् । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

सरकारले संवैधानिक निकायहरुमा जबरजस्ती प्रमुख र सदस्यहरु नियुक्त गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले आज आमहड्ताल गरेको हो ।

यता काठमाडौंको कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य लगायतका नेता कार्यकर्ता पक्राउ परेका छन् ।

 

Skip This
Skip This
Logo