बन्द सफल बनाउन भन्दै प्रचण्ड सडकमा

बन्द सफल बनाउन भन्दै प्रचण्ड सडकमा

केन्द्रबिन्दु
0
Shares

नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सडकमा निस्केका छन् ।

ललितपुरको सातदोबाटोमा आमहड्तालको आह्वान गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका हुन् । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

सरकारले संवैधानिक निकायहरुमा जबरजस्ती प्रमुख र सदस्यहरु नियुक्त गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले आज आमहड्ताल गरेको हो ।

यता काठमाडौंको कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य लगायतका नेता कार्यकर्ता पक्राउ परेका छन् ।

 

Logo