कञ्चनपुरमा प्रलोपाका उम्मेदवार शाही सहित ५४ नेता कार्यकर्ता नेकपामा प्रवेश

कञ्चनपुरमा प्रलोपाका उम्मेदवार शाही सहित ५४ नेता कार्यकर्ता नेकपामा प्रवेश

केन्द्रबिन्दु
48
Shares

कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी छोडेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनले नेकपाकी उम्मेदवार बिना मगरको समर्थन गर्ने घोषणा गरेका छन्।

शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका छन्। शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्य थिए।

गत १० फागुन बेलौरीमा पत्रकार सम्मेलन गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले तीन दिनमै पार्टी परिवर्तन गरेका हुन्।

Logo