काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रिपोर्टिङका लागि नेपाल आउन चाहने विदेशी पत्रकारहरूले झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने भएको भन्दै गुनासो गरेका छन् ।
सूचना तथा प्रसारण विभागले जारी गरेको सूचनाअनुसार आवश्यक कागजात जुटाउन समय लाग्ने र केही अवस्थामा व्यावहारिक कठिनाइ हुने गरेको विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूको भनाइ छ ।
सूचना तथा प्रसारण विभागकी प्रवक्ता पूर्णिमा उपाध्यायका अनुसार विदेशी पत्रकारले निर्वाचनसम्बन्धी रिपोर्टिङ गर्नुअघि विभागबाट प्रेस मान्यता लिन अनिवार्य छ । त्यसका लागि आफू कार्यरत सञ्चारमाध्यमको सिफारिस पत्र, अपोइन्टमेन्ट लेटर वा कार्यसम्झौताको प्रमाण, विगतमा प्रकाशित वा प्रसारित समाचार सामग्रीको विवरण, सम्बन्धित देशको दूतावास, महावाणिज्य दूतावास वा परराष्ट्र मन्त्रालयको सिफारिस पत्र पेश गर्नुपर्ने व्यवस्था छ ।
उनका अनुसार दूतावास वा परराष्ट्र मन्त्रालयमध्ये कुनै एकको सिफारिस भए पुग्नेछ । ‘भारतका पत्रकार नेपाल आउँदा काठमाडौंस्थित भारतीय दूतावासबाट सिफारिस लिन सक्नुहुन्छ । तर अनिवार्य रूपमा यहीँबाटै लिनुपर्छ भन्ने होइन, आफ्नै देशको परराष्ट्र मन्त्रालयबाट सिफारिस ल्याए पनि प्रक्रिया पूरा हुन्छ,’ उनले स्पष्ट पारिन् ।
विभागले आवश्यक कागजात पूरा भएपछि निर्वाचन अवधिभरका लागि प्रेस पास उपलब्ध गराइने जनाएको छ । यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहभागिता सुनिश्चित गर्दै नियमन र सुरक्षालाई सन्तुलित राख्ने लक्ष्य राखिएको विभागको भनाइ छ ।
प्रेस पास लिन झन्झटिलो प्रक्रिया रहेको भन्दै केही विदेशी संचारकर्मीहरु फिर्ता समेत भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विदेशी संचारकर्मीहरुका लागि भइरहेको झन्झटिलो प्रक्रियाप्रति ध्यानाकर्षण भएको जनाउँदै सहजीकरणका लागि पहल गर्ने जानकारी दिए ।
आयोग सहजीकरण गर्न तयार
यता, नेपालमा निर्वाचन रिपोर्टिङका लागि आउने विदेशी पत्रकारहरूको प्रेस पास प्रक्रियामा देखिएको जटिलताबारे निर्वाचन आयोगले आवश्यकता अनुसार सहजीकरण गर्ने संकेत दिएको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विदेशी पत्रकारका लागि छुट्टै पास आयोगबाट नभई सूचना तथा प्रसारण विभागमार्फत नै जारी हुने स्पष्ट पारे । ‘निर्वाचन रिपोर्टिङका लागि आउने विदेशी पत्रकारहरूले सामान्य प्रक्रियाअनुसार सूचना विभागबाटै मान्यता लिनुपर्छ,’ उनले भने ।
हालको प्रावधानअनुसा































प्रतिक्रिया