डडेल्धुरा–१ मा लक्ष्मीदत्त भट्टको चुनावी घोषणापत्र सार्वजनिक

डडेल्धुरा–१ मा लक्ष्मीदत्त भट्टको चुनावी घोषणापत्र सार्वजनिक

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । लक्ष्मीदत्त भट्टले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरा क्षेत्र नम्बर १ बाट आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

जय मातृभूमि पार्टीका उपमहासचिवसमेत रहेका उनले धार्मिक सम्पदा संरक्षण, स्थानीय अर्थतन्त्र सुदृढीकरण र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् ।

चुनाव चिन्ह ‘आमा’ लिएर भट्टले डडेल्धुराको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउँदै विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले अजैमेरुकोट, अमरगढी किल्ला, उग्रतारा मन्दिर, परशुराम धाम लगायत क्षेत्रलाई संरक्षण गर्दै धार्मिक पर्यटनमार्फत आर्थिक गतिविधि बढाउने योजना अघि सारेका छन् ।

उनले जिल्लाबाट भारत रोजगारीका लागि जाने बाध्यता अन्त्य गर्न ‘एक परिवार–एक उद्यम’ कार्यक्रम लागू गर्ने घोषणा गरेका छन्।

कृषि उत्पादनको बजारीकरण राज्यले गर्ने, किसान कार्डमार्फत कृषि ऋणमा पहुँच बढाउने, प्रत्येक वडामा कृषि सङ्कलन केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम पनि उनले सार्वजनिक गरेका छन् ।

ऊर्जा र वातावरणतर्फ दाउरा प्रयोग घटाई बायोग्यास तथा विद्युतीय चुलो विस्तार गर्ने, वन्यजन्तुबाट हुने क्षतिमा बीमा व्यवस्था लागू गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ ।

साथै भूकम्प प्रतिरोधी आवास योजना, सुरक्षित बस्ती विकास र क्षेत्रीय सडक करिडोर निर्माणलाई प्राथमिकतामा राखिएको उनले बताए ।

समाज सुधारका विषयमा उनले जातीय भेदभाव र छुवाछुत अन्त्य गर्ने अभियान सञ्चालन गर्ने तथा नागरिक सर्वोच्चता कायम गर्दै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

फागुन २१ गते हुने निर्वाचनमा आफूलाई मतदान गरी विजयी गराउन उनले मतदातासँग अपिल गरेका छन् ।

Skip This
Skip This
Logo