काठमाडौं ५ मा काँग्रेस-एमाले छाड्नेको लर्को,दर्जनभन्दा बढी रास्वपामा प्रवेश

काठमाडौं ५ मा काँग्रेस-एमाले छाड्नेको लर्को,दर्जनभन्दा बढी रास्वपामा प्रवेश

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस र नेकपा (एमाले) त्यागेका १६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्।

महाराजगन्जस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा क्षेत्र नं. ५ का उम्मेदवार सस्मित पोख्रेलले नवआगन्तुकलाई स्वागत गरे।

पार्टीमा आबद्ध हुनेहरूमा रामप्रसाद पौडेल, विष्णु पौडेल, पवित्रा खड्का, खड्गबहादुर कार्की, सजना कार्की, भगवती खत्री (खरेल), बालकुमारी सिग्देल, दिव्या गिरी, सुष्मिता गिरी, कविता कार्की, विज्ञान कार्की, नीरज कार्की, मिना कार्की, श्रीर कार्की, विष्णु कार्की र सागर कार्की रहेका छन्।

नवआबद्ध व्यक्तिहरूले वैकल्पिक राजनीतिक धारप्रति आकर्षित भएको उल्लेख गरेका छन्। कार्यक्रममा बोल्दै पोख्रेलले क्षेत्र नं. ५ मा संगठन विस्तारको क्रम जारी रहेको बताए। उनले पार्टीलाई स्थानीय तहसम्म सुदृढ बनाउने प्रयास भइरहेको जानकारी दिए।

रास्वपाले पछिल्लो समय विभिन्न दलका कार्यकर्ता तथा समर्थकलाई समेट्दै आफ्नो आधार विस्तार गर्ने रणनीति अघि बढाइरहेको छ। आगामी निर्वाचनको सन्दर्भमा यस किसिमका प्रवेशलाई दलहरूले संगठनात्मक सन्देशका रूपमा लिने गरेका छन्।

Skip This
Skip This
Logo