बालेन प्रति योगेशको कटाक्ष – देशलाई जुवाको अखडा बनाउने उद्देश्यले केही पात्र झापा आएका छन्

बालेन प्रति योगेशको कटाक्ष – देशलाई जुवाको अखडा बनाउने उद्देश्यले केही पात्र झापा आएका छन्

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देश मियो विनाको दाईँ बन्ने खतराबाट बचाउँन नेकपा एमालेले जित्नुपर्ने बताएका छन् । प्रेस चौतारीले दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेको जितले मात्र देशलाई अस्थिरता र संकटबाट जोगाउन सक्ने दाबी गरे।
पत्रकार भेटघाटमा भट्टराईले भने, “देशलाई मियो बिनाको दाइँ बन्नबाट रोक्न सक्षम राजनीतिक शक्तिले जित्नै पर्छ। कतिपय उम्मेदवारका कारण देश झनै अस्थिर हुने खतरा बढ्दो छ । त्यसैले एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित आवश्यक छ ।”

बालेन र रास्वपालाई लक्षित गदैै भट्टराईले थपे, “देशलाई जुवाको अखडा बनाउने उद्देश्यले चुनावमा आएका पात्रहरूको उद्देश्य केवल आफ्नो फाइदा हो। जिते छाति पिट्ने र हारे निराश हुनेबाहेक केही छैन।”

जेन्जी आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजिएको भन्दै उनले आन्दोलन र देश ध्वस्त बनाउने कार्यामा संलग्नहरु चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् ? भन्दै भनेर प्रश्न गरे ।

Skip This
Skip This
Logo