तेस्रो खेलमा नेपालले युएईलाई ४ वीकेटले हरायो

तेस्रो खेलमा नेपालले युएईलाई ४ वीकेटले हरायो


काठमाडौं
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले युएई लाई ४ वीकेटले पराजित गरेको हो । १ सय १५ रनको लक्ष्य पाएको नेपालले २८.५ ओभरमा ६ वीकेट गुमाएर निर्धारित लक्ष्य पुरा गरेपछि जित पाएको हो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए । १ सय १५ रनको लक्ष्य पाएको नेपाललाई शुरुवातमै झड्का लागेको थियो । पहिलो विकेटको रुपमा नेपालका ओपनर व्याट्सम्यान आउट भएका थिए ।

यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि सोमपाल कामीले ४ विकेट लिएका थिए । त्यस्तै सन्दिप लामिछानेले ३ र पारस खड्काले २ विकेट लिएका थिए भने करन केसीले १ विकेट लिए । युएइका लागि सार्वाधिक ३० रन साइमन अनवारले जोडे । त्यस्तै अदनान मुफ्तीले १८, घुलम सब्बरले १५ रन जोडे । त्यसैगरि मोहमद बोटले १५ रन जोडे । वर्षाले अवरुद्ध खेल झण्डै ३ घण्टा ढिला गरी सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो ।

 

 

 

Logo