चपलीमा फेला परेको शंकास्पद वस्तु सेनाद्धारा निष्क्रिय

चपलीमा फेला परेको शंकास्पद वस्तु सेनाद्धारा निष्क्रिय

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–२ चपलीमा शंकास्पद रूपमा भेटिएको प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

चपलीबाट माथिल्लो भंगालतर्फ जाने भित्री सडकमा कागजले बेरेर छाडिएको अवस्थामा कुकर फेला परेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कुकरभित्र इट्टाको टुक्रा र सलाईका काँटी राखिएको भेटिएको छ । तार जोडिएको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएपछि सुरक्षाकर्मीले रातभर उक्त क्षेत्र घेराबन्दी गरी आवतजावत रोकेका थिए । बिहान सेनाको चन्दननाथ गणबाट खटिएको टोलीले वस्तु जाँच गरी सुरक्षित रूपमा निष्क्रिय बनाएको हो ।

प्रहरीका अनुसार उक्त सामग्रीबाट कुनै विस्फोटक पदार्थ फेला परेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

हाल सो क्षेत्रमा आवागमन पुनः सुचारु गरिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo