पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

केन्द्रबिन्दु
18
Shares

वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बडनिहार क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले गाडीभित्र केही शंकास्पद सामग्री फेला परेको जनाएको छ । घटनापछि सुरक्षा सतर्कता बढाउँदै सो क्षेत्रलाई अस्थायी रूपमा घेराबन्दी गरिएको थियो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाएको छ ।

यसअघि सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पनि मौन अवधिमा नगदसहित पक्राउ परेका थिए । निर्वाचन नजिकिँदै गर्दा विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।

Logo