गृहमन्त्री अर्यालको चुनावी सुरक्षा व्यवस्थापनः प्रचारप्रसार शान्त, टोली सक्रिय

गृहमन्त्री अर्यालको चुनावी सुरक्षा व्यवस्थापनः प्रचारप्रसार शान्त, टोली सक्रिय

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा गृहमन्त्री ओमप्रकाश अर्यालले देशभरि सुरक्षा व्यवस्थापन चुस्त बनाउन सक्रियता बढाएका छन् । पछिल्ला तीन सातायता उनले गृहसचिव, मन्त्रालयका महाशाखा प्रमुख र सुरक्षा निकायका उच्च अधिकारीसँग नियमित बैठक गर्दै सुरक्षा अवस्था मूल्याङ्कन र चुनावी तयारी समन्वय गर्दै आएका छन्।

मंगलबार उनले तराईका विभिन्न क्षेत्रमा होली मनाउने तयारीको अपडेट लिँदै सुरक्षा चुस्त बनाउने निर्देशन दिएका थिए। उनले भने, “यहाँ तपाईंहरुले निर्देशन दिने गृहमन्त्री र पालना गर्ने कर्मचारी एवं सुरक्षाकर्मी भेट्नुहुन्न, हामी सामूहिक निर्णयको अभ्यास गर्दैछौं।”

अर्यालले हिमाल, पहाड र तराईका फरक जोखिम मूल्याङ्कन गरी मतदानमा कुनै समस्या नहोस् भनेर तयारी पूरा भएको बताए। उनले विगतका निर्वाचनमा भएका हिंसात्मक घटनाबाट सिकेर यसपालि थप सतर्कता अपनाइएको उल्लेख गरे।

गृहमन्त्रीका अनुसार प्रचारप्रसार अवधि शान्तिपूर्ण छ, उम्मेदवारहरूको सुरक्षा जोखिम मूल्याङ्कन अनुसार आवश्यक पीएसओ मात्र खटाइएको छ र दलहरूबीच झडप नियन्त्रणमा राख्न प्रदेशस्तरीय सुरक्षा संयन्त्र सक्रिय गरिएको छ।

अर्यालले निर्वाचनपछि नेपाली समाजले भोगेको मनोवैज्ञानिक ‘ट्रमा’ निको पार्न अझै समय लाग्ने तर राजनीतिक र संवैधानिक प्रक्रिया अब ट्रयाकमा आउने विश्वास व्यक्त गरेका छन्।

सडक र मतदान केन्द्रमा सुरक्षाकर्मीहरूको सक्रियता, दल प्रतिनिधि उपस्थितिमा मतपेटिका ढुवानी, र प्रदेशस्तरीय समन्वयले चुनावी वातावरण शान्तिपूर्ण बनाइरहेको गृह मन्त्रालयले जनाएको छ।

Logo