बागलुङमा ५३ कैदीबन्दीलाई कारागारमै मतदान गर्ने व्यवस्था

बागलुङमा ५३ कैदीबन्दीलाई कारागारमै मतदान गर्ने व्यवस्था

केन्द्रबिन्दु
21
Shares

बागलुङ । बागलुङमा प्रतिनिधिसभा निर्वाचनका लागि दुई अस्थायी मतदान स्थल थप गरेर कैदीबन्दी र कर्मचारीले समानुपातिक भोट हाल्न सक्ने व्यवस्था गरिएको छ।

जिल्लामा १०७ मतदानस्थल र २३० स्थायी मतदान केन्द्र रहेका छन्। कारागारमा रहेका मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीले कारागारभित्रै मतदान गर्ने सुविधा पाएका छन्। मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीका अनुसार, “विभिन्न मुद्दामा सुधारको जीवन बिताइरहेका कैदीबन्दीलाई मताधिकार सुनिश्चित गर्न कारागारभित्र मतदान केन्द्र स्थापना गरिएको हो।”

यस्तै, कर्मचारी तथा अन्य व्यस्त मतदाताहरूको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक भोट हाल्ने व्यवस्था मिलाइएको छ । सुरक्षा संवेदनशीलता, मतदाता संख्या र स्थानको उपयुक्ततालाई ध्यानमा राख्दै दुई मतदानस्थल स्थानान्तरण गरिएको छ ।

फागुन २१ गते हुने निर्वाचनमा बागलुङमा कुल १ लाख ९३ हजार ३८१ मतदाता छन्-९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला। निर्वाचनका लागि ४ हजार कर्मचारी, प्रहरी र निर्वाचन प्रहरी परिचालन हुने तयारी थालिएको प्रहरीले जनाएको छ। बागलुङमा २३ उम्मेदवार चुनावी मैदानमा छन्।

Logo