वीरगञ्जमा ९ सुतली बम र च्वाँचेको टाउको सहित ३ जना पक्राउ

वीरगञ्जमा ९ सुतली बम र च्वाँचेको टाउको सहित ३ जना पक्राउ

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । पर्सा प्रहरीले वीरगञ्जबाट ९ सुतली बम र च्वाँचेको टाउकोसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उनीहरू चुनावको बेला हिंसा र धार्मिक सदभाव भड्काउने उद्देश्यले हिँडिरहेका थिए। उनीहरूले सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका थिए। सुरक्षा स्रोतका अनुसार, “उनीहरूले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने योजना बनाएका रहेछन्। प्रहरीको सक्रियताले यो योजना विफल भएको छ।”

उनीहरूको साथबाट ९ थाल सुतली बम, केही तार र अन्य शंकास्पद सामग्री बरामद भएको छ।

यसैबीच, प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई पनि शंकास्पद वस्तुसहित पक्राउ गरेको जनाएको छ।

Logo