इओसी नेपालले खटायो देशभर सात सय पर्यवेक्षक

इओसी नेपालले खटायो देशभर सात सय पर्यवेक्षक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधि सभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ ।

इओसी नेपालका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीका अनुसार, यस पटक डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको व्यापक प्रयोग भएकाले सामाजिक सञ्जालमा हुने दुरुपयोग र निर्वाचन आचारसंहिता उल्लङ्घनको निगरानीका लागि केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोली गठन गरिएको छ ।

उनले बताएअनुसार मौन अवधि सुरु भएयता डिजिटल माध्यमबाट प्रचारप्रसार, उम्मेदवार वा दलको पक्षमा मत प्रभावित गर्ने भ्रामक सामग्रीको सेयर जस्ता गतिविधिहरू निरन्तर भइरहेका छन्, जसको सूक्ष्म पर्यवेक्षण आवश्यक रहेको छ ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि ३९ राष्ट्रिय संस्था र चार अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति दिएको छ ।

Logo