सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सर्लाही–३ मा उम्मेदवारी दिएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।

कर्जा सूचना केन्द्रको विवरणअनुसार कलवारलाई २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको र उक्त स्थिति हालसम्म कायम रहेको देखिएको छ ।

यसअघि धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी कालोसूचीका कारण खारेज भएको प्रसंगबीच कलवारको नाम पनि सोही सूचीमा देखिएको हो।

निर्माण व्यवसायसँग जोडिएका कलवारमाथि ठेक्का लिएका केही आयोजना पूरा नगरेको आरोप लाग्दै आएको छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिस्पर्धा गरेका उनी एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरले पराजित भएका थिए। यसपटक भने उनी रास्वपाबाट चुनावी मैदानमा छन्।

Skip This
Skip This
Logo