मतदानका बेला आकाशबाट गस्ती गर्दै नेपाली सेना,स्ट्याण्डबाईमा हेलिकप्टर

मतदानका बेला आकाशबाट गस्ती गर्दै नेपाली सेना,स्ट्याण्डबाईमा हेलिकप्टर

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई थप कडा बनाउन मतदानको समयमा हेलिकप्टरमार्फत हवाई गस्ती गर्ने निर्णय गरिएको छ। गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकमा गृहसचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका अधिकारी सहभागी थिए। बैठकमा निर्वाचनको समग्र सुरक्षा अवस्था र आवश्यक तयारीबारे समीक्षा गरिएको थियो।

मतदानको दिन आकस्मिक अवस्था आए तत्काल परिचालन गर्न मिल्ने गरी हेलिकप्टर स्ट्याण्डबाई राख्ने व्यवस्था मिलाइएको छ। सुरक्षा निकायहरूले हालसम्म कुनै ठूलो सुरक्षा चुनौती नदेखिएको जानकारी बैठकमा गराएका छन्।

यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल छलफल गरी सुरक्षा अवस्था बुझेका थिए। निर्वाचन अवधिमा कानुनविपरीत गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने निर्णय पनि गरिएको छ।

Logo