उपल्लो डोल्पामा लेक लागेर बिरामी परेका ५ कर्मचारीको हवाई उद्धार

उपल्लो डोल्पामा लेक लागेर बिरामी परेका ५ कर्मचारीको हवाई उद्धार

केन्द्रबिन्दु
15
Shares

डोल्पा। माथिल्लो डोल्पाको दुर्गम मतदान केन्द्रमा खटिएका पाँच जना निर्वाचन कर्मचारी बिरामी परेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

शे–फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित मतदान केन्द्रमा कार्यरत कर्मचारीहरू चिसो मौसम र अक्सिजनको कमीका कारण अस्वस्थ भएका थिए। उनीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने र श्वासप्रश्वासमा समस्या देखिएको प्रशासनले जनाएको छ ।

उद्धार गरिएकामध्ये जिल्ला अदालतका सहायक कर्मचारी गोर्खबहादुर थापा, साल्ट ट्रेडिङका धनबहादुर महतरा र तीन जना निर्वाचन प्रहरी रहेका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पठाइएको छ ।

फोतगाउँ मतदान केन्द्र सदरमुकाम दुनैबाट करिब ६ दिन पैदल हिँड्नुपर्ने दुर्गम क्षेत्रमा पर्छ। तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएपछि हवाई उद्धार गर्नुपरेको हो।

उक्त केन्द्रमा ४० जना मतदाता रहेका छन्। कर्मचारी बिरामी परेपछि त्यहाँ वैकल्पिक व्यवस्था मिलाउने तयारी सुरु गरिएको प्रशासनले जनाएको छ ।

Skip This
Skip This
Logo