देशैभर सुरू भयो मतदान

देशैभर सुरू भयो मतदान

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान सुरू भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरू भएको जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान सुरू भयो । सबैतिर निर्वाध ढंगले मतदान सुरू भएको खबर आइसकेको छ ।’

मतदान गर्न लामबद्ध सर्वसाधारण दाङ, २१ फागुनः दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्द्मोदय नमुना मावि मतदान केन्द्रमा प्रतिनिधिसभा निर्वाचनको लागि मतदान गर्न बिहानैदेखि लामबद्ध सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस

मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ ।

मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित सुनसरी-मोरङ सिँचाइ आयोजना मतदान केन्द्रमा बिहीबार मतदान सुरु हुनु अघि मत राख्ने मतपेटिका व्यवस्थापन गर्दै कर्मचारी । तस्बिरः नवीन गड्तौला/रासस

३ हजार ६८० वटा अति संवेदनशील मतदान केन्द्र छन् । मदतान केन्द्रलाई ४ हजार ४४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८४५ सामान्य मतदान केन्द्र भनेर वर्गीकरण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ ।

मतदान गर्न लामबद्ध सर्वसाधारण दाङ, २१ फागुनः दाङको घोराही उपमहानगरपालिका-१४ स्थित बालमन्दिर मतदान केन्द्रमा प्रतिनिधिसभा निर्वाचनको लागि मतदान गर्न आज बिहानैदेखि लामबद्ध भएका सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचनमा दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।

Logo