बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

केन्द्रबिन्दु
12
Shares

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् । नेपालगञ्ज-७ निवासी दिवङ्गत ८४ वर्षीय कमल राणाका छोरा सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका परिवारका सदस्यहरूले उक्त मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यसैगरी नेपालगञ्ज-६ निवासी दिवङ्गत ९६ वर्षीया रामप्यारी कुर्मीका छोरा माधवराम बर्मासहित मातृ शोकमा रहेका उनका परिवारका सदस्यहरूले नेपालगञ्ज-७ स्थित हडियाबाबा मठ केन्द्रमा मतदान गरेकाे उक्त केन्द्र (ख)का सहायक मतदान अधिकृत अल्का मिश्रले जानकारी दिए ।

जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा आज बिहानदेखि मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरी, शासस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

Skip This
Skip This
Logo