काठमाडाैं । मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनिल कुमार शर्माले आज सम्पन्न मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागी भएका मतदाताहरूप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेका छन् ।
आज फागुन २१ गते मतदान सम्पन्न भएलगत्तै नेपाली कांग्रेसका नेता डा. शर्माले देशको जटिल र अन्योलपूर्ण परिस्थितिका बीच पनि लोकतन्त्रप्रति अटुट आस्था राख्दै आफ्नो अमूल्य मताधिकार प्रयोग गरेकोमा मतदाताहरूलाई ‘सचेत र जिम्मेवार’ नागरिकको संज्ञा दिएका हुन् ।
डा. शर्माले केही समयअघि मुलुकमा विद्यमान अन्योलका कारण ‘चुनाव हुन्छ कि हुँदैन’ भन्ने चिन्ता पैदा भएको उल्लेख गर । “देशको अवस्था अत्यन्तै नाजुक र धरमर भएको बेला पनि लोकतन्त्रप्रतिको अटल विश्वास र जनताको अडिग सहभागिताले अन्ततः यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ,” उनले भने ।
डा. शर्माले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने निकायहरूको प्रशंसा गरे ।





























प्रतिक्रिया