ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो

ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
3
Shares

ललितपुर । ललितपुरमा हालसम्मको मतदान विवरण सार्वजनिक भएको छ । ललितपुरमा कुल ६८.३३ प्रतिशत मतदान भएको छ ।

क्षेत्र नं १ मा कुल ५२,६३२ मतदाता मध्ये २५,७४१ महिला र २६,८९१ पुरुषले मतदान गरेका छन् । क्षेत्र नं २ मा ६१,९७५ मतदाता मध्ये ३१,०३५ महिला र ३०,९४० पुरुषले मतदान गरेका छन् ।

क्षेत्र नं ३ मा ६९,३९१ मतदाता मध्ये ३५,०५५ महिला र ३४,३३६ पुरुषले मतदान गरेका छन् । निर्वाचन अधिकृतहरूले मतदान प्रक्रिया सुरक्षित, पारदर्शी र व्यवस्थित रूपमा भएको जनाएका छन् ।

Logo