काठमाडौं-३ निर्वाचन अपडेट: घन्टी र चिमबीच कडा टक्कर

काठमाडौं-३ निर्वाचन अपडेट: घन्टी र चिमबीच कडा टक्कर

केन्द्रबिन्दु
39
Shares

काठमाडौं | प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना निकै रोचक मोडमा पुगेको छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डे (घन्टी)ले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् । उनलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ (चिम)ले पछ्याइरहेका छन् ।

राजु पाण्डेले ४,६४९ मतका साथ अग्रस्थान कायम राखेका छन् । उनी र दोस्रो स्थानमा रहेका कुलमान घिसिङबीच १,३०८ मतको अन्तर देखिएको छ। ‘लोडसेडिङ’ अन्त्यको श्रेय पाएका कुलमान घिसिङ ३,३४१ मतसहित दोस्रो स्थानमा रहँदै कडा टक्कर दिइरहेका छन् ।

Logo