काठमाडाैं | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा पूर्वी रुकुम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।
प्रचण्ड १,४१५ मतका साथ अग्रस्थानमा छन् । उनी र दोस्रो स्थानमा रहेका एमालेका लीलामणि गौतमबीच ९८४ मतको अन्तर देखिएको छ। यसअघि गोरखाबाट चुनाव लडेका प्रचण्ड यसपटक पूर्वी रुकुम आएका हुन् ।
एमालेका लीलामणि गौतम (४३१) र कांग्रेसकी कुसुमदेवी थापा (४१७) बीच कडा प्रतिस्पर्धा भइरहेको छ। उनीहरूबीच मात्र १४ मतको अन्तर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका लखन कुमार थापा १७६ मतका साथ चौथो स्थानमा छन् ।





























प्रतिक्रिया