चितवन-३ अपडेटः साेविताको रफ्तार कायमै, रेनु पछ्याउँदै

चितवन-३ अपडेटः साेविताको रफ्तार कायमै, रेनु पछ्याउँदै

केन्द्रबिन्दु
39
Shares

चितवन | प्रतिनिधि सभा निर्वाचन २०८२ को दोस्रो अपडेट अनुसार चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार साेविता गाैतमले आफ्नो अग्रतालाई थप बलियो बनाएकी छन् ।

गाैतम २,५८९ मतका साथ शीर्ष स्थानमा छिन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी ‘तारा’ चिन्हकी रेनु दाहाल भन्दा ८०३ मतको अग्रता बनाएकी छन् । नेकपा (तारा) १,७८६ मतका साथ दोस्रो स्थानमा रहँदै घन्टीलाई पछ्याइरहेको छ।

यस क्षेत्रमा ‘घन्टी’ र ‘तारा’ चिन्हबीच मुख्य प्रतिस्पर्धा देखिएको छ भने परम्परागत शक्ति मानिने एमाले, कांग्रेस र राप्रपा निकै पछाडि परेका छन्।

यता नेकपा एमाले ५३७ मतमा सीमित छ भने नेपाली कांग्रेसले मात्र २७५ मत प्राप्त गरेको छ । राप्रपाको ‘हलो’ चिन्हमा ११३ मत मात्र खसेको छ।

Logo