काठमाडौं | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना अन्तिम चरणतिर पुग्दै गर्दा काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जित दर्ता गर्ने निश्चितप्रायः देखिएको छ।
प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ६,८६२ मतको अपराजित अग्रता बनाएकी छन् । कुल २३,२२६ मत गणना भइसक्दा ‘घन्टी’ को लहरले पुराना र स्थापित शक्तिहरूलाई निकै पछाडि पारेको छ।
रास्वपाले १२,०७८ मत प्राप्त गरेको छ, जुन दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ५,२१६ मत भन्दा दोब्बर बढी हो। परम्परागत रूपमा बलियो मानिने नेपाली कांग्रेस र राप्रपा यसपटक प्रतिस्पर्धामा निकै कमजोर देखिएका छन्। कांग्रेस र राप्रपाको मत जोड्दा पनि रास्वपाको एक्लो मतभन्दा झण्डै ३,६७७ ले कम हुन आउँछ।





























प्रतिक्रिया