बारा -३ मा रास्वपाको अग्रता, ७५७१ मतगणना हुँदा रास्वपाकाे ४८०६ मत

बारा -३ मा रास्वपाको अग्रता, ७५७१ मतगणना हुँदा रास्वपाकाे ४८०६ मत

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ। कुल ७५७१ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेको छ। प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाले ४८०६ मत प्राप्त गरी अग्रस्थान सुरक्षित गरेको छ।

रास्वपाको तुलनामा अन्य ठूला दलहरूको मत परिणाम निकै कम देखिएको छ। नेपाली कांग्रेस रूख ८०६ मतका साथ दोस्रो स्थानमा छ भने जनता समाजबादी पार्टी जसपा ६५८ मत प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ । त्यस्तै जनमत पार्टीले ४९८ मत प्राप्त गरेको छ भने नेकपा एमाले सूर्यले १८७ मत प्राप्त गर्दै गरेको छ। 

यस्तैगरी अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा निकै पछाडि परेका छन। तारा चिन्हले ८७ मत ल्याएको छ भने हलो चिन्हका उम्मेदवारले ३४ मत प्राप्त गरेका छन।निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गणना भएका कुल मतमध्ये ४३० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Logo