सिरहा -४ मा मतगण थालनी, अन्यमा तयारी गरिँदै

सिरहा -४ मा मतगण थालनी, अन्यमा तयारी गरिँदै

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको शान्तिपूर्ण मतदानपछि सिरहाका -४ निर्वाचन क्षेत्रमध्ये शुक्रबार बिहानदेखि ४ नं. क्षेत्रको मतगणना सुरु भएको छ ।

मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा बिहान सवा ६ बजेदेखि मतगणना थालिएको निर्वाचन अधिकृत शिव वाग्लेले जानकारी दिए । कुल एक लाख ६ हजार ६०६ मतदाता रहेको उक्त क्षेत्रमा बिहीबार ७० हजार ७७ वटा मत खसेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । 

सिरहा १ को लहानस्थित निर्वाचन अधिकृत फणिन्द्रराज भट्टराईका अनुसार बिहीबार राती दल तथा स्वतन्त्र उम्मेदवारहरुसँगको बैठक सम्पन्न भइसकेकाले शुक्रबार बिहान ९ बजेदेखि मतगणना सुरु हुँदैछ। यो क्षेत्रको मतगणना लहान नगरपालिका १० स्थित नगर सभाहलमा मतगणना हुँदैछ भने सिरहा २ र ३ मा बिहान सर्वदलीय बैठक बस्न लागेको जनाइएको छ ।

Skip This
Skip This
Logo