रौतहट -४ मा ४ हजार ३ सय ६९ मतगणना हुँदा ऋषि धमलालाई ६ मत, रास्वपाको अग्रता

रौतहट -४ मा ४ हजार ३ सय ६९ मतगणना हुँदा ऋषि धमलालाई ६ मत, रास्वपाको अग्रता

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी छ । यहाँ चुनावी प्रचारका क्रममा विभिन्न उटपट्याङ गतिविधिका कारण चर्चामा आएका उम्मेदवार ऋषि धमलाको प्रदर्शन निकै कमजोर देखिएको छ। हालसम्म ४ हजार ३ सय ६९ मत गणना हुँदा धमलाले जम्मा ६ मत मात्र प्राप्त गरेका छन्।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल अग्रस्थानमा रहेका छन्। अन्य उम्मेदवारहरूको तुलनामा धमलाले निकै कम मत प्राप्त गरेपछि सामाजिक सञ्जाल र स्थानीय तहमा पनि यसबारे चर्चा सुरु भएको छ। चुनावी प्रचारका क्रममा अनौठा शैलीका गतिविधि गरेर चर्चामा आएका धमलाको मत परिणाम भने अपेक्षाभन्दा निकै कमजोर देखिएको हो।

Logo