चितवन | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अग्रतालाई थप मजबुत बनाएका छन् ।
इच्छाकामना गाउँपालिकाका ७ वटै वडाहरूको मतगणना सम्पन्न हुँदा लामिछानेले प्रतिस्पर्धीहरूभन्दा दोब्बर बढी मतको अग्रता कायम गरेका हुन् ।
३,९६३ मतका साथ रवि लामिछानेले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उम्मेदवारभन्दा २,०१६ मतको फराकिलो अन्तर बनाएका छन् । दोस्रो स्थानका लागि नेकपा एमाले (१,९४७) र नेपाली कांग्रेस (१,७५०) बीच तीव्र प्रतिस्पर्धा देखिएको छ। उनीहरूबीचको मतान्तर मात्र १९७ रहेको छ।





























प्रतिक्रिया