काठमाडौं । जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् । ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राप्रपाले पहिलोपटक अग्रता लिएको हो ।
तीन सय मत गणना हुँदा शाहीले १३५ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले १०३ मत हासिल गरेको छ । यहाँ राप्रपाका नरेश भण्डारी उम्मेदवार छन् । नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनिता कठायतले २ मत मात्र पाएकी छन् ।





























प्रतिक्रिया