चितवन-३ अपडेट: सोविता रेनुभन्दा १४ सय मतले अगाडि

चितवन-३ अपडेट: सोविता रेनुभन्दा १४ सय मतले अगाडि

केन्द्रबिन्दु
15
Shares

चितवन | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले आफ्नो अग्रतालाई थप मजबुत बनाएकी छन् ।

यसअघि काठमाडौं २ बाट निर्वाचित भएकी गौतम यसपटक चितवन ३ मा उम्मेदवार बनेकी हुन् । पछिल्लो प्राप्त नतिजा अनुसार, उनले भरतपुर महानगरपालिकाकी पूर्व मेयर एवं नेकपाकी उम्मेदवार रेनु दाहाललाई उल्लेख्य मतान्तरले पछाडि पारेकी हुन् ।

गौतम ३,६९३ मतका साथ शीर्ष स्थानमा छिन् । उनले रेनु दाहालभन्दा १,४२९ मतको स्पष्ट अग्रता बनाएकी छन् । भरतपुरको दुई कार्यकाल मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएकी रेनु दाहाल २,२६४ मतका साथ दोस्रो स्थानमा रहँदै गौतमलाई पछ्याइरहेकी छन् ।

Logo