काठमाडौं | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना देशभर तीव्र गतिमा भइरहँदा प्रारम्भिक नतिजाले ठूलो राजनीतिक उथलपुथलको संकेत गरेको छ । आज बिहान ९:४५ बजेसम्मको प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका प्रमुख निर्वाचन क्षेत्रहरूमा आफ्नो बलियो पकड जमाउँदै ऐतिहासिक अग्रता कायम गरेको छ।
रास्वपाले ४० स्थानमा अग्रता लिँदै आफूलाई देशको प्रमुख शक्तिको रूपमा उभ्याएको छ । शहरी क्षेत्र मात्र नभई ग्रामीण भेगमा पनि ‘घन्टी’ को प्रभाव निकै शक्तिशाली देखिएको छ।
परम्परागत रूपमा पहिलो र दोस्रो शक्ति बन्दै आएका नेपाली कांग्रेस र नेकपा एमाले क्रमशः ५ र ४ स्थानमा मात्र सीमित हुनु राजनीतिक विश्लेषकहरूका लागि निकै ठूलो आश्चर्य बनेको छ। देशभरका धेरै ‘हेभिवेट’ उम्मेदवारहरू आफ्नै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू भन्दा हजारौँ मतान्तरले पछाडि परेका छन्।





























प्रतिक्रिया