झापा | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा झापा क्षेत्र नम्बर ५ मा प्रारम्भिक नतिजाले सबैलाई आश्चर्यचकित पारेको छ । नेकपा एमालेको ‘गढ’ मानिने यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध निकै भारी अग्रता लिएका छन् ।
शाहले १०,१९० मत ल्याउँदा ओलीले ४,०८७ मत पाएका छन् ।
शाहले ओलीको तुलनामा झण्डै साढे दुई गुणा बढी मत प्राप्त गरेका छन् । उनीहरू बीचको मतान्तर ६,१०३ पुगेको छ। झापा ५ मा लामो समयदेखि अपराजित रहँदै आएका पूर्व प्रधानमन्त्री ओली आफ्नै क्षेत्रमा पछाडि परेका हुन् ।





























प्रतिक्रिया