सल्यान । सल्यानमा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले साढे १० बजेबाट मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।
५१ प्रतिशत मत खसेको सल्यानमा भौगोलिक विकटता र लामो दुरीका कारण मतपेटिका आउन ढिलाई भएको हो।आचारसहिंता, मतगणना प्रक्रिया तथा व्यवस्थापनका बारेमा सहमित जुटेको मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले जानकारी दिए। जिल्लामा एक लाख ६२ हजार चार सय ४९ मतदाता रहेका छन्। प्रतिनिधि सभा निर्वाचनमा सल्यानबाट २ स्वतन्त्रसहित १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।





























प्रतिक्रिया